हिमाल दैनिक
ला लिगा लिग: दुई गोलको अग्रता उल्टाएर रियल बराबरीमा रोकियो
real-madrid
स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड बराबरीमा खेलेको छ । गएराति भएको खेलमा लिगको शिर्ष स्थानमा रहेको रियल मड्रिड इल्चेसँग २–२ गोलको बराबरी खेलेको हो । खेलको ३३ औं मिनेटमा रियलले पाएको पेनाल्टीको सदुपयोग गर्न सकेन । करिम बेन्जिमाले पेनाल्टी गोल गर्न नसक्दा रियल अग्रता बनाउन चुकेको थियो । खेलको ४२ औं मिनेटमा लुकास बोएले पहिलो गोल गर्दै इल्चेलाई १–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको इल्चेले खेलको ७६ औं मिनेटमा पेरे मिल्लाले गोल गर्दै २–० को अग्रता दिलाए । तर, इल्चेले दुई गोलको अग्रता कायम गर्न सकेन । खेलको ८२ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टी मार्फत गोल गर्दै खेल २–१ मा पुराए । खेलको इन्जुरी समयमा इडर मिलिटाओले गोल गर्दै खेल बराबरीमा पुराए । यस खेलसंगै २२ खेलमा खेलेको रियल ५० अंक सहित लिगको शिर्ष स्थानमा यथावत नै रहेको छ भने इल्चे २३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update