ला लिगा लिग: बार्सिलोना पाँचौ स्थानमा उक्लियो
                        
                        
                                                
                                            
                                                
                        बार्सिलोनाले स्पेनिस ला लिगाको पाँचौ स्थानमा उक्लिएको छ ।
गएराती भएको खेलमा बार्सिलोनाले आलाभेसलाई १-० को गोल अन्तरले हराउदै लिगको पाँचौ स्थानमा उक्लिएको हो ।
खेलमा दोश्रो हाफको ८७ औं मिनेटमा फेरान टोरेसको पासमा मिडफिल्डर फ्रांकी डि योङकोले गरेको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो ।
यस संगै २१ खेल खेलेको बार्सिलोना ३५ अंक सहित लिगको पाँचौ स्थानमा रहेको छ भने आलाभेस लिगको १९ औं स्थानमा रहेको छ। लिगको चौथो स्थानमा एथ्लेटिको म्याड्रिड बार्सिलोना भन्दा एक अंकले अघि छ ।
                        
                    
                प्रकाशित मिति: सोमबार, माघ १०, २०७८
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

