हिमाल दैनिक
रामोसको पहिलो गोल सहित पीएसजीको अपराजित यात्रा कायम
ramos-psg
फ्रेन्च वान लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जीत हात पर्दै अपराजित यात्रा कायम गरेको छ । आइतबार राति भएको खेलमा पीएसजीले रेम्सलाई ४-० को गोल अन्तरले पराजित गरेको हो । पीएसजीको घरेलु मैदानमा भएको खेलको ४४ औं मिनेटमा मार्को भेरोट्टीले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको पीएसजीले खेलको ६२ औँ मिनेटमा रामोसले गरेको गोलले खेलमा दोब्बर अग्रता दिलाए । त्यस्तै खेलको ६७ औं मिनेटमा रेम्सका वोउट फइसले आत्मघाती गोल गर्दै खेल ३-० मा पुराए । खेलको ७५औँ मिनेटमा ड्यानिलो परेइराको अर्को गोलले खेल ४-० मा पुराए । गोल थपेपछि पीएसजी सहज जित निकाल्न सफल भयो । स्पेनिस डिफेन्डर रामोस यसै सिजनमा रियल मड्रिडबाट पीएसजी आएका हुन् । इन्जुरिका कारण बाहिर रामोस पीएसजीमा यो पहिलो गोल हो । त्यस्तै लियोनल मेसी पनि ६३ औँ मिनेटमा एन्जेल डी मारियको स्थानमा मैदान छिरेका थिए । मेस्सी कोभिड–१९ संक्रमणका कारण पछिल्लो समय मैदान बाहिर रहेका थिए । यस जीतसंगै पीएसजीको फ्रेन्च लिगमा अपराजित यात्रा कायम नै राखेको छ । २२ खेल खेलेको पीएसजीले अपराजित यात्रा १३ खेलमासम्म लम्बाएको छ । २२ खेल खेलेको पीएसजी ५३ अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ। लिगमा दोस्रो स्थानमा रहेको निस पिएसजीभन्दा ११ अंकले पछाडी छ । त्यस्तै रेम्स २४ अंक सहित लिगको १४औँ स्थानमा छ ।
प्रकाशित मिति: सोमबार, माघ १०, २०७८  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update