हिमाल दैनिक
राष्ट्रपति भण्डारी र प्रम देउवाद्वारा बसन्तपुरमा वसन्त श्रवण
ROS-KTM_6483441(2)
राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोकाको नासलचोकमा वैदिक विधिपूर्वक वसन्त श्रवण गरेकी छिन्। प्रत्येक वर्ष माघशुक्ल पञ्चमीका दिन हनुमानढोकाको नासलचोकमा राष्ट्राध्यक्षबाट वसन्त श्रवण गर्ने परम्परा मल्लकालदेखि शुरु भएको हो। सोेही परम्परालाई निरन्तरता दिँदै गणतन्त्रको स्थापना पश्चातका राष्ट्रप्रमुखले माघशुक्ल पञ्चमीका दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्दैआएका छन्। आइतबार वसन्तुपरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत संवैधानिक निकायका प्रमुख, उपप्रधानमन्त्री, मन्त्रिगण, सुरक्षा निकायका प्रमुखलगायत राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो। समारोहमा हनुमानढोका दरबार हेरचाह अड्डाका पुरोहितले संस्कृत भाषामा रहेको वसन्त श्रवण गराएका थिए। सो अवसरमा नेपाली सेनाले सलामी दिनुका साथै राष्ट्रियगान प्रस्तुत गरिएको थियो। श्रीमद्भागवत महापुराणमा भगवान् श्रीकृष्णको खोजीमा रहेकी प्रेमिका राधा र उनका सखीहरूले वसन्त ऋतुको आगमनको स्वागत गर्दै वसन्तराग गाएर कृष्ण भगवान्को आराधना गरेको प्रसङ्ग उल्लेख छ। वसन्त पञ्चमीको दिनदेखि वसन्त ऋतुको शुरुआत हुने र त्यससँगै रुख बिरुवामा नयाँ पालुवा पलाउने गरेको छ। [caption id="attachment_30678" align="alignnone" width="2560"] राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोकमा आइतबार आयोजित विशेष समारोहमा टीका प्रसाद ग्रहण गर्दै । तस्बिरः रोशन सापकोटा/रासस[/caption] [caption id="attachment_30680" align="alignnone" width="2560"] राष्ट्रपति विद्यादेवी भण्डारी वसन्त पञ्चमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोकमा आइतबार आयोजित विशेष समारोहमा टीका प्रसाद ग्रहण गर्दै । तस्बिरः रोशन सापकोटा÷रासस[/caption] [caption id="attachment_30679" align="alignnone" width="2560"] प्रधानमन्त्री शेरबहादुर देउवा वसन्त पञ्चमीका अवसरमा काठमाडौँको हनुमानढोका दरबारस्थित नासलचोकमा आइतबार आयोजित विशेष समारोहमा टीका ग्रहण गर्दै । तस्बिरः रोशन सापकोटा/रासस[/caption]    
प्रकाशित मिति: आइतबार, माघ २३, २०७८  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update