हिमाल दैनिक
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुभएको छ । ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उहाँले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहुनभएका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । सो अवसरमा मन्त्री खतिवडाले उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिनुभयो । मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभयो । श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई यही माघ २५ गते उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उहाँलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ । रासस
प्रकाशित मिति: बिहीबार, माघ २७, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update