हिमाल दैनिक
आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको ओमानविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ । ओमानको अल अमेरेत क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेपछि पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लामिछानेका लागि कप्तान भएपछिको यो पहिलो खेल हो । नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ ओमानको सामना गर्दैछ । नेपालले ओमानसँग टी–२० मा पछिल्लोपटक सन् २०१९ मा खेलेको थियो । त्यतिबेला ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गतको ग्लोबल छनोट ‘ए’ खेल्नुअघि नेपालले चारदेशीय सिरिज खेल्न लागेको हो । सिरिजमा आयोजक ओमानसहित, नेपाल, आयरल्यान्ड र युएई सहभागी छन् । रासस
प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update