हिमाल दैनिक
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको छ। सत्तारुढ गठबन्धनका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश बिरुद्ध आज बिहान सवा १० बजे सिंहदरबारस्थित सचिवालयमा महाभियोग दर्ता गराएका हुन्। सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो प्रस्तावको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का जीवनराम श्रेष्ठ, समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९८ सांसद रहेका छन् । प्रधानन्यायाधीश जबराले पदीय आचरण विपरित क्रियाकलाप गरेको र भ्रष्टाचारमा संलग्न भएको अप्रमाणित आरोप लगाउदै बार एसोसिएसनका वकिलहरुले विगत १०७ दिन देखि उनिबिरुद्धमा अदालतमा आन्दोलन गर्दै आएका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन १, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update