हिमाल दैनिक
एनसीसी बैंक र सुमेरु सिटी अस्पतालबीच सम्झौता
sumeru
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र सुमेरु सिटी अस्पतालबीच ग्राहकहरुको सेवाका लागि विशेष छुटसहितको सम्झौता भएको छ। हालै एनसीसी बैंकले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा यस बैंकका ग्राहकहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता गरेको हो। यस सम्झौतामार्फत बैंकका ग्राहकहरुले ललितपुरमा अवस्थित सुमेरु सिटी अस्पतालमा बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी टिकट, बेड चार्ज, ल्याब टेस्ट, एक्स–रे, इसीजी, इन्डोस्कोपी/कोलोनोस्कोपी, युएसजी/ईईजी/सीटी स्क्यान/पीएफटी र अन्य डायग्नोस्टिक परीक्षण र औषधिमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ। यसैगरी एनसीसी बैंक तथा सुमेरु अप्टिकल, पुल्चोक र कृति अप्टिकल, भैंसीपाटीबीच द्विपक्षीय सम्झौता भएको छ। अप्टिकलले एनसीसी बैंकको बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्र्दा अप्टिकल्स सामागीमा ३० प्रतिशत, ओपीडी शुल्कमा २० प्रतिशत र अन्य क्लिनिकल शुल्कमा १० प्रतिशत छुट दिने जानकारी एनसीसी बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ। एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update