हिमाल दैनिक
एनसीसी बैंक र नारायणी सामुदयिक अस्पतालबीच सम्झौता
thumbnail_Image (2)
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र चितवनको भरतपुर अवस्थित नारायणी सामुदयिक अस्पतालबीच आफ्ना ग्राहक तथा कर्मचारीको थप सेवा सुविधाका लागि द्विपक्षीय सम्झौता भएको छ। एनसीसी बैंकले आइतबार जारी गरेको विज्ञप्ति अनुसार, एनसीसी बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ता ग्राहक र बैंकका कर्मचारीहरुलाई उक्त सामुदायिक अस्पतालमा विशेष सेवा सुविधा प्रदान गर्ने सम्झौता भएको हो। यस सम्झौता अनुसार बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ। नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ्ग सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त एनसीसी बैंकले ग्राहकहरु माझ विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ। देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ।
प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update