हिमाल दैनिक
त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले नेपाललाई जितका लागि ११५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११४ रनको योगफल बनायो । मलेसियाका लागि जुबाइदी जुल्किफ्लेले ३२ रनको योगदान दिए भने कप्तान अहमद फाजीले २४ रन जोडे । त्यसैगरी सेइद अजिजले १४, शर्भिन मुनियनडीले नौ, मुहमद अमिरले १६ तथा विजय उन्नीले तीन रनको योगदान गरे । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले समान २/२ विकेट लिए भने कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले समान १/१ विकेट झारे । उक्त सिरिजमा नेपाल र मलेसियाले पपुवा न्युगिनीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेका थिए । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस
प्रकाशित मिति: बुधबार, चैत १६, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update