हिमाल दैनिक
हेमजा युनाईटेड ‘कास्की लिग च्याम्पियन’
hemja-united
हेमजा युनाईटेड क्लब पोखरामा सञ्चालन भएको ‘कास्की लिग फुटबल’ च्याम्पियन बनेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीको आयोजनामा सम्पन्न ‘कास्की लिगकम नकआउट’ फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ । यही चैत २१ गतेदेखि सञ्चालन भएको लिगको पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा शितल ज्योति युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो । उपाधि जितेको हेमजा युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ७५ हजार प्राप्त ग¥यो भने उपविजेता शितलज्योतिले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजारमा चित्त बुझायो । विजेता टोलीले पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधैँ भाग लिन पाउने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । प्रतियोगितामा एन्फा कास्कीमा दर्ता रहेका जिल्लाभरका कुल २२ टिमको सहभागिता थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update