काठमाडौँमा सवारी दुर्घटनामा दुईको मृत्यु
                        
                        
                                                
                                            
                        काठमाडौँ महानगरपालिका–३२ स्थित भएको दुर्घटनामा दुईको मृत्यु भएको छ ।
आज बिहान बा५०प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको खम्बामा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा काठमाडौँको बौद्ध नयाँबस्ती बस्ने ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–६ का ३२ वर्षीय कमल आलेमगर र सोही ठाउँ बस्ने २१ वर्षीय गोपाल आलेमगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
                        
                    
                प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

