कांग्रेसद्वारा स्थानीय तह निर्वाचन–०७९ संकल्प पत्र सार्वजनिक
नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनको प्रक्रिया सुरु भएसँगै आफ्नो संकल्प पत्र सार्वजनिक गरेको छ।
कांग्रेस महामन्त्री गगनकुमार थापा नेतृत्वको घोषणा पत्र तयारी समितिले तयार पारेको ८६ पृष्ठ लामो संकल्प पत्रलाई आइतबार सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी मुख्यालय सानेपामा सार्वजनिक गरे।
कांग्रेसले तयार पारेको संकल्प पत्रमा कतिपय नविन विषयवस्तुहरु समेटेर चुनावी घोषणापत्र तयार पार्ने क्रममा अघिल्लो निर्वाचनको क्रममा अघि सारेका कतिपय नाराः कोखदेखि शोकसम्म जस्ता नाराहरु पनि दोहोरिएका छन्।
https://www.himaldainik.com/wp-content/uploads/2022/04/NC-Local-manifesto-2079-Final-2079.01.11-1.pdf
प्रकाशित मिति: आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय