हिमाल दैनिक
रहिनन् स्वर्ण विजेता खेलाडी सन्जु
78818490_1032950703718984_8640516391780220928_n
तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाललाई स्वर्ण पदक दिलाउने भारोत्तोलन खेलाडी सन्जु चौधरी आज मृतावस्थामा भेटिनुभएको छ ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले आज बिहान कोठाभित्र झुण्डिएको अवस्थामा चौधरी फेला परेको बताउनुभयो । उहाँका अनुसार चौधरी बस्ने कोठाको भित्रबाट चुकुल लगाएको थियो । प्रहरी उपरीक्षक शाहले प्रारम्भिक अनुसन्धानमा चौधरीले आत्महत्या गरेको हुनसक्ने जनाउँदै थप अनुसन्धानपछि सत्यतथ्य पत्ता लाग्ने बताउनुभयो । उहाँले चौधरीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको जानकारी दिनुभयो । खेलाडी चौधरी ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक सञ्जय महर्जनको घरमा कोठा भाडामा बस्दै आउनुभएको थियो । १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक चरणमा छनोट हुनुभएकी चौधरी बन्द प्रशिक्षणमा सामेल हुन काठमाडौँ आउनुभएको थियो । बाँके घर भएकी अविवाहित चौधरीले सन् २०१९ मा नेपालमा नै आयोजना भएको १३औँ सागमा महिला ५९ केजी तौल समूहमा स्वर्ण पदक जित्नुभएको थियो । उहाँले श्रीलङ्काको खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको हो । रासस
प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update