हिमाल दैनिक
सरकारले सेनिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिएको छ। महिला तथा बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहेको सेनिटरी प्याडलाई विगतका सरकारले औषधीजन्य बस्तुकै रुपमा भन्सार शुल्क असुली गर्दै आएकोमा वर्तमान सरकारले यसमा ९० प्रतिशत छुट दिएको हो। अर्थमन्त्री जनार्दन शर्माले सरकारको वार्षिक बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन्। साथै उनले सेनिटरी प्याड उत्पादन स्वदेशभित्रै गर्न चाहने उद्योगलाई कच्चा पदार्थ आयातमा १ प्रतिशत मात्रै भन्सार शुल्क लिने घोषणा गरेका छन्। सुन्दा सामान्य लाग्ने सेनिटरी प्याडको उपयोगिता र प्रयोगमा सहजता ल्याउन सकेको खण्डमा देशभरीका सबै वर्गका महिला तथा बालिकाहरुले महिनावारी हुँदा स्वास्थ्य सुरक्षाको हिसाबले अति उपयोगी सेनिटरी प्याडको प्रयोगले व्यापकता मात्र पाउने छैन, यसले महिलाहरुको स्वास्थ्य सावधानीमा पनि ठूलो टेवा पुग्ने विश्वास महिला नेतृहरुले लिएका छन्। केही दिन अघि नेपाली कांग्रेसका केन्द्रीय महिला सदस्यहरुले विभिन्न मागहरुसहित सेनिटरी प्याडको मूल्य कम गर्न भन्सार शुल्क छुटको माग गर्दै आएका थिए।
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update