हिमाल दैनिक
सीजी मोटर्सले ल्यायो उच्चगुणस्तरमा सस्तो इलेक्ट्रिक कार!
Hozon-Neta-V
चौधरी ग्रुप अन्र्तगतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मुल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको छ। अत्याधुनिक फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटा भीको मुल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। निटा ब्रान्ड चीनको अग्रणी मोटर उत्पादक कम्पनी होजोन अटोमोवाइलले उत्पादन गर्दै आएको छ। निटा भीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मुल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ। निटा भीको मूल्यका सम्वन्धमा सामाजिक सञ्जालमा भइरहेका केही टिकाटिप्पणीप्रति सीजी मोटर्स र कार उत्पदक कम्पनी होजोन अटोमोवाईलले गम्भिर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमार्फत थप स्पष्ट पारेको हो। बिहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुबै कम्पनीले यस सम्वन्धमा सुनियोजित रुपमा भ्रम श्रृजना गरि उपभोक्ताहरूलाई गुमराहमा पार्ने कोशिस गरिएको भन्दै यथार्थता सार्वजनिक गरेको बताइएको छ। सामाजिक सञ्जालमा चिनियाँ बजारमा उपलब्ध मूल्यसँग तुलना गर्दै यसको मूल्य नेपालमा धेरै रहेको र आधिकारिक विक्रेताले उच्च नाफा राखेको जस्ता बिषयलाई प्रचार गरिएको थियो। उत्पादक र नेपालका लागि आधिकारिक विक्रेता दुवै कम्पनीले गलत नियतका साथ कसैले तयार पारेको कन्टेन्टले बजारमा भ्रम श्रृजना गर्ने कोशिस भएको भन्दै वास्तविकता सार्वजनिक गरेका हुन्। सामाजिक सञ्जालमा भ्रम श्रृजना गर्नुअघि विद्युतीय कारको मूल्य निर्धारण र उत्पादक देशमा उपलब्ध सेवा सुविधाबारे जानकारी हुनु अत्यन्त जरुरी रहेकोमा दुबै कम्पनीले जोड दिएका छन्। प्रेस विज्ञप्तिमा भनिएको छ– पहिलो, नेपालमा सरकारले विद्युतीय कारमा आइसी इन्जिनयुक्त कारको तुलनामा कर सहुलियत दिएको छ। त्यसबाहेक अन्य कुनै सहुलियत उपलब्ध छैन। तर चीनमा भने सरकारले विद्युतीय कार खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष रुपमा नगद सहुलियत दिएको छ। यसरी दिइएको सहुलियत चीनबाट निर्यात हुने कारमा लागु हुँदैन। दोस्रो, चीनमा विद्युतीय कार उत्पादक कम्पनीलाई चीनको केन्द्र सरकार र प्रान्तीय सरकारहरुले विभिन्न किसिमका छुट तथा सहुलियत दिएका छन्। जसका कारण उत्पादित वस्तुको मूल्य कम हुन्छ र त्यसको लाभ चिनियाँ उपभोक्ताले प्राप्त गर्छन्। उदाहरणको लागि जेठ १५ मा सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा नेपालमै कार उत्पादन÷एसेम्बल गर्ने कम्पनीलाई ५ वर्षसम्म आय करमा ४० प्रतिशत छुट दिने उल्लेख छ। यसरी दिइने विभिन्न किसिमका छुटले उत्पादक कम्पनीको लागत कम हुने र त्यसको फाईदा नेपाली उपभोक्ताले पाउँने हुन्छ। तर निर्यात प्रयोजनका लागि भने यस्ता छुटहरु दिइएको हुदैन। तेस्रो, चीनले कार्बन उत्सर्जन कम गरेबापत विद्युतीय कारमा अतिरिक्त सुविधा दिँदै आएको छ। यस्तो सुविधा नेपाल आउने कारले पाउँदैनन्। चौथो, चीनमा बायाँ (लेफ्ट ह्याण्ड ड्राईभिङ)बाट गुड्ने गाडी प्रचलनमा छन्। नेपाल लगायत अधिकांश एसियाली देशमा दायाँ (राईट ह्याण्ड ड्राईभिङ)बाट गाडी गुडाउने नियम रहेको छ। आरएचडी गाडी डिजाइन गर्न आरएन्डडी (रिसर्च एन्ड डेभलप्मेन्ट) मा लगानी गर्नुपर्ने हुन्छ। यसरी गरिने लगानी समेत कारको लागतमा जोडिन जान्छ। उदाहरणका लागि टेस्लाले उत्पादन गर्ने कार आरएन्डी बापत प्रतिकार करिब ११ सय अमेरिकी डलर पर्ने गरेको तथ्यांक छ। त्यसैले आरएचडीमा समेत आएन्डडीको लागत जोडिँदा कारको मूल्य केही थपिएको हुन्छ। त्यसैगरि नेपाली बजारमा उपलब्ध निटा भीको प्रतिस्पर्धी कारको तुलनामा यसको मूल्य (सीआइएफ भ्यालु) करिब समान नै रहेको छ। यसरी हेर्ने हो भने उक्त कारको नेपाली बजारमा मूल्यको तुलनामा निटा भीको बजार मूल्य २ लाख रुपैयाँ कम देखिन्छ। चीन सरकारले चिनियाँ उपभोक्ताका लागि विद्युतीय कारमा दिएको अनुदान एवं सहुलियत जोड्दा ५ देखि ६ हजार अमेरिकी डलर हुन्छ। यस्ता विषय अहिलेको इन्टरनेटको जमानामा जोकोहीले सहजै गुगल गरेर हेर्न सक्छ। त्यसैले निटा भीको चिनियाँ मूल्य नेपालमा तोकिएको मूल्यबारे अनावश्यक भ्रम छर्नुपूर्व चिनियाँ सहुलियत बारे अध्ययन गर्न हामी विनम्र आग्रह गर्दछौँ। निटा भीको मूल्यबारे फैलाईएको अफवाहको पछि नलाग्न होजोन र सीजी मोटर्सले उपभोक्ताहरुलाई अनुरोध गरेका छन्। सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले आफुहरुले सम्भव भएसम्मको सस्तो मुल्यमा नेपाली उपभोक्तामाझ इलेक्ट्रिक कार उपलब्ध गराएको बताए। ‘जसरी सीजी नेटको प्रवेशले नेपाली इन्टरनेट बजारको गुणस्तर, गति र मुल्य व्यापक रुपमा उपभोक्तामैत्री भयो त्यसैगरि इलेक्ट्रिक कारको मुल्य र गुणस्तरमा पनि नयाँ अध्याय शुरू हुने विश्वास हामीले लिएका छौँ,’ चौधरीले भने। उनले निटा भीको सेग्मेन्टमा नेपाली बजारमा उपलब्धमध्ये सबैभन्दा सस्तो कार भएको बताए। होजोन अटोका निटा ब्राण्डका क्रसओभर कारहरु पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको कार भएकाले यो निक्कै इफिसियन्ट रहेको कम्पनीको भनाइ छ। यसअघि नेपालमा विक्री हुदै आएका अधिकांश विद्युतीय सवारीहरु आइसी (इन्टरनल कम्बस्चन) इन्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा बनाइएका हुन्। सीजी मोटर्सका मुख्य कार्यकारी अधिकृत हेमन्त अग्रवालले निटा भीमा उपलब्ध सुविधाहरूको तुलनामा यसको मुल्य निकै आकर्षक रहेको बताए। ‘सीजीको लक्ष्य इलेक्ट्रिक गाडीलाई नेपालमा प्रवर्धन गर्न सकियोस् र स्वदेशमै उत्पादीत विद्युत्को उपयोग र पेट्रोलियम पदार्थको खपत घटाई राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन सकियोस् भन्ने हो,’ अग्रवालले भने, ‘त्यसैले हाम्रो ध्यान तत्कालको मुनाफामाभन्दा दिर्घकालिन रुपमा आम उपभोक्ताको मन जित्न सकियोस् भन्नेमा छ। चौधरी समूह १५० बर्षदेखि नेपाली उपभोक्तावीच उत्तिकै विश्वसनीय सावित हुनुको मर्म पनि यहि हो।’ होजोन न्यु इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड विश्व विख्यात अटोमोबाइल कम्पनीमा काम गरिसकेका अनुभवी प्रविधिक तथा दक्ष व्यक्तिहरुको समूहले स्थापना गरेको कम्पनी हो। सीजी मोटर्सले उपभोक्तालाई विश्वस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन उत्कृष्ट शाोरुम तथा वर्कसप र हाइवेहरु तथा देशका मुख्य सहरमा चार्जिङ नेटवर्क निर्माणलाई तीब्रताका साथ अगाडि बढाएको पनि जानकारी दिएको छ। निटा भी कारमा संसारको सबैभन्दा ठूलो ब्याट्री उत्पादक कम्पनी सियाटलले उत्पादन गरेको ३८.५ किलोवाट आवर ब्याट्री प्रयोग गरिएको छ। ब्याट्री फुलचार्ज हुन एसी चार्जरबाट ६ घण्टा (६.६ किलोवाट) लाग्छ भने डीसी फास्ट चार्जरबाट ८० प्रतिशतसम्म पुग्न जम्मा २० मिनेटमात्र लाग्ने छ। निटा भीले एक पटकको फुल चार्जमा ४ सय १ किलोमिटर रेन्ज दिन्छ। निटा भीको अधिकतम गति १ सय १ किलोमिटर प्रतिघण्टा रहेको छ। निटामा प्रयोग भएका ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी दिईएको छ। होजोनको रिसर्च सेन्टर अमेरिकाको सिलिकन भ्याली र क्यालिफोर्नियामा तथा बेइजिङमा डिजाइन सेन्टर रहेको छ। होजोन विश्वको सबैभन्दा ठूलो ब्याट्री उत्पादक सीएटीएलको लगानीकर्ता कम्पनीसमेत हो। निटा भीको विशेषता लेन्थ– ४ हजार ७० एमएम वाइड– १६ सय ९० एमएम हाइट– १५ सय ४० एमएम ह्वीलवेस– २४ सय २० एमएम कर्व तौल– १ हजार १ सय ५१ किलोग्राम अधिकतम गति– १ सय १ किलोमिटर प्रतिघण्टा शून्यदेखि ५० किलोमिटर प्रतिघण्टा ३.९ सेकेन्डमा ग्राउन्ड क्लियरेन्स– १ सय ६० एमएम ब्याट्री– ३८.५४ केडब्लूएच ९सीएटीएल लिथियम आयन० मोटरको पावर– ७०र९० केडब्लूरपीएस चार्जिङ स्ट्यान्डर्ड– सीसीएस२ अधिकतम टर्क– १ सय ६० एनएम १४.६ इन्चको इन्टेलिजेन्ट कन्ट्रोल स्क्रिन सिट क्षमता– ५ बुट स्पेस– ३ सय ३५ लिटर  
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update