हिमाल दैनिक
गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो । नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन् । यसै बीच प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । रासस÷सिन्ब्हा
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  १५:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update