हिमाल दैनिक
नेपालमा थप ४ सय ३८ जनामा कोरोना संक्रमणसँगै थप दुई जनाको मृत्यु भएको छ। देशभर गरिएको १ हजार ७ सय ७९ पिरिआर परिक्षणका क्रममा २ सय ९२ जना र १ हजार ९ सय २० एन्टीजेन परिक्षणका क्रममा १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। चौथो चरणको नयाँ भेरिन्टका रुपमा फैलिन थालेको कोरोनाका कारण थप दुई जनाको मृत्यु भएको हो। नेपालमा हालसम्म कोरोना कारण ११ हजार ९ सय ६६ जनाको मृत्यु भइसकेको छ। त्यस्तै थप २ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६९ हजार ९ सय ६५ जना संक्रमण मुक्त भएका छन्। हाल नेपालमा ४ हजार ३ सय ६९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १६:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update