हिमाल दैनिक
बाथरुममा लडेर एमाले नेता ढुङ्गेलको मृत्यु
310780196_5444498302266652_4410006183682408064_n
काँडाघारीस्थित आफ्नै घरको बाथरुममा लडेर नेकपा एमालेका पोलिटब्यूरो सदस्य बालकृष्ण ढुङ्गेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहराका अनुसार बिहान अन्दाजी ११ः३० बजेको समयमा बाथरुममा लडेर उहाँको मृत्यु भएको हो । दसैँको समयमा परिवारका सदस्य जिल्लाबाहिर गएका बेला उहाँ एक्लै घरमा रहेको र सोही क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा पुगेर प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का उठाउन थालेको छ । विगतमा नेकपा ९माओवादी० पार्टीमा आबद्ध नेता ढुङ्गेल एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपा फुटेपछि उहाँ एमालेमै बस्नुभएको थियो । ढुङ्गेल द्वन्द्वका क्रममा उज्जन श्रेष्ठ हत्या आरोपमा जेलसमेत बस्नुभएको थियो । यसअघि उहाँ संविधानसभाका सदस्यसमेत बन्नुभएको थियो । रासस
प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update