हिमाल दैनिक
निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना सुरु गर्न निर्देशन दिएको छ। गत मंसिर ४ गते सम्पन्न यी दुई निर्वाचन क्षेत्रका कतिपय बुँथहरुमा धाँधली भएको भन्ने आरोेप त्यी क्षेत्रका उम्मेदवार र उनीहरुका दलले परस्परमा लगाएपछि मतगणा कार्य सुरु हुन सकेको थिएन। विशेषगरी स्याङजाको २ स्थित चापकोट लगायतका केही क्षेत्रमा कांग्रेसले बुँथ कब्जा गरेको एमाले उम्मेदवार पद्मा अर्यालले लगाएकी थिइन् भने कांग्रेसले पनि अर्याल र उनका समर्थकले केही बुँथमा कब्जा गरी एकलौटी गरेको आरोप लगाएका थिए। यसैगरी बाजुरामा पनि मतदानको दिन झडप हुँदा एकजनाको निधन भएको थियो भने बुढिगंगामा पुनः मतदान भएर पनि गणना कार्य अघि बढ्न सकेको थिएन। तर, त्यी क्षेत्रमा आयोगका प्रतिनिधिहरु पुगेर वस्तुस्थिति अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाएपछि बुधबार आयोगले दुबै क्षेत्रको मतगणना कार्य अघि बढाउन निर्देशन दिएको हो। पछिल्लो समय समानुपातिक तर्फको जारी मतगणना प्रक्रियामा सत्तासाझेदार दल नेकपा एकीकृत समाजवादीको तीन प्रतिशत थ्रेसहोल्ड कट्न नसक्दा राष्ट्रिय पार्टी हुन नसकिरहेको बेला सत्ता साझेदार दलका मतदाताले आजै भइरहेको दोलखाका केही मतदान केन्द्रमा जस्तै सबै मत समाजवादीलाई हालेर भएपनि थ्रेसहोल्ड कटाउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै स्याङजा र बाजुरामा मतगणना कार्यलाई अघि बढाउन एमाले पनि तयार भएको हुन सक्ने आशंका गरिएको छ।
प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update