हिमाल दैनिक
फिफा फाइनलमा एडिडास र नाइकबीचको भिडन्त
messi-vs-mbappe
फिफा बिश्वकप-२०२२ को फाइनल खेलमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गरेको छ । फिफाको २२औँ संस्करणको फाइनल खेल यी दुई राष्ट्रबीचमात्र नभई बिश्वको चर्चित स्पोर्ट्सवयार्स:एडिडास र नाइक बीच पनि थियो । एडिडास निकै लामो समयदेखि अर्जेन्टिना नेसनल टिमको स्पन्सर रहदै आइरहेको छ । फ्रान्सलाई नाइकले स्पन्सर गरेको छ । यस संस्करणमा ३२ टिम मध्य नाइकले १३ टिम र एडिडासले ७ टिमलाई जर्सी उपलब्ध गराएको थियो । यो तेस्रो पटक हो जहाँ नाइकिले एडिडासभन्दा राम्रो प्रदर्शन गरेको हो । एडिडास को नाम दशौ देखि विश्वकपको किटमा चल्दै आइराखेको छ । एडिडासले सन् १९७४ मा जर्मनी भएको बिश्वकपमा १६ टिम मध्य ९ टिमलाई स्पन्सर गरेको थियो जुन दबदबा अहिलेसम्म पनि कायम रहेको छ । फिफाको फाइनल खेल अघिसम्म एडिडासको जर्सी निकै डिमाण्ड रहेकोले कम्पनिलाई माग पुरा गर्न निकै हामेहामे परेको थियो । यस विश्वकपमा सबैभन्दा बढी अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेसीको जर्सीको डिमाण्ड थियो । मेस्सीको यो अन्तिम विश्वकप भएको कारणले पनि जर्सीको माग बढेको हो । ४८ बर्ष अघि सन् १९७४ को विश्वकपसम्ममा कुनै पनि जर्सीमा ब्रान्डको डिस्प्ले गर्ने अनुमति थिएन । सन् १९७४ बिश्वकप पछि एडिडासले १३४ टिमलाइ जर्सी स्पन्सर गरेको छ। नाइक ६३ नेसनल टिमसंगै यसमा दोश्रो ठुलो ब्रान्ड हो ।
प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update