हिमाल दैनिक
सुदूरपीश्भम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सभामा आफ्नो नेतृत्वको सरकारमाथि विश्वासका मत माग्न राखेको प्रस्ताव सदनको बहुमतले अस्विकृत गरेपछि उनको एक महिने कार्यकाल समाप्त भएको छ। बिहिबार अपरान्ह बसेको प्रदेश सभा बैठकमा एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री रावलले प्रदेश सरकारको पक्षमा विश्वासको मत माग्दै पेश गरेको प्रस्तावलाई प्रदेश सभामुखले निर्णयार्थ पेश गर्दा ध्वनी मतले अस्विकृत गरेको थियो। रावलको प्रस्तावको पक्षमा परेको मत भन्दा विपक्षमा परेको मत बढी भएको भन्दै प्रदेश सभामुखले रावलको विश्वासको मत माग्ने प्रस्ताव सदनको बहुमतले अस्विकृत भएको भन्दै निर्णय सुनाए। सामान्यतय संसदीय अभ्यासमा मत विभाजनको प्रक्रियाबाट बहुमत र अल्पमतको गणना हुने भएपनि आजको बैठकमा ध्वनिमतकै आधारमा रावलको प्रस्ताव अस्किृत भएपछि उनी मुख्यमन्त्रीबाट पदमुक्त हुने भएका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम बनेको गठबन्धन सरकार ढलेपछि अब प्रदेश प्रमुखले सोही धाराको उपधारा ३ बमोजिम प्रदेश सभामा सबै भन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता कोमल शाहलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु पर्नेछ। शाहले पनि पद बहाली गरेको एक महिना अर्थात ३० दिनभित्र विश्वासको मत हाँसिल गर्न नसके प्रदेश प्रमुखले उपधारा ५ बमोजिम विश्वासको मत प्राप्त गर्न सक्ने सदस्यको नेतृत्वमा सरकार बनाउने छन्।
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update