हिमाल दैनिक
त्रिकोणात्मक सिरिजमा स्कटल्याण्डलाई हराउँदै क्लिनस्वीप गर्न नेपाल सफल
FpfD9HhakAA7lr5
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको चौथो खेलमा रोमाञ्चक जित निकाल्दै चार खेलमा चारै जित हात पार्न सफल भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलको सुरुवातमा टस जितेर फिल्डिङ रोजेको नेपालले स्कटल्याण्डलाई ४६.१ ओभरमा सबै विकेट लिँदै २१२ रनमा सिमित गर्न सफल भएको थियो। जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको नेपाली टोलीको पहिलो अर्डरका तीन खेलाडीले मात्र डब्बल डिजीटको स्कोर बनाउन सकेपछि धर्मराउँदो स्थितिमा पुगेको नेपालका लागि कप्तान रोहीत पौडेलको भरपर्दो व्याटिङले अनपेक्षित जित हात पार्न ठूलो मद्दत गर्यो। अविजित एक सय १ बल खेल्दै पौडेलले ९५ रन मात्र बनाएनन् जितका लागि पाएको २१३ रनको लक्ष्य पनि सहजै ४४.१ ओभरमै पूरा गर्न सफल भए। उनलाई बलरका रुपमा परिचित करण केसीले साथ दिँदै ३७ बलको सामना गर्दै ३१ रनको साथ दिए। आजको खेलमा केसीको साथले पौडेललाई जित निकाल्न मात्र होइन, देशभित्र भएको सिरिज क्लिनस्वीप गर्न पनि ठूलो भूमिका निर्वाह गर्यो। यसैगरी ज्ञानेन्द्र मल्ले नेपालका लागि २१ रनको योगदान गरेका थिए भने कुशल मल्लले १७ रन तथा आशिफ शेखले १२ रनको योगदान दिएका थिए। यस सिरिजमा लगातार चौथो जितको खोजीमा रहेको नेपालका लागि सन्दीप लामिछानेले सुरुका महत्वपूर्ण व्याट्सम्यानहरुलाई पेभेलियनको बाटो लगाउँदै कुल १० ओभरको बलिङमा ४५ रन खर्चिँदै चार विकेट लिन सफल भएका थिए। यसैगरी नेपालका लागि करण केसीले ८.१ ओभरमा ४२ रन दिएर ३ विकेट लिए भने ललित राजवंशीले १० ओभर बलिङ गर्दै जम्मा ३३ रन दिएर १ विकेट तथा कुशल मल्लले ६ ओभर बलिङ गर्दै ३० रन दिएर एक विकेट आफ्नो खातामा पार्न सफल भए। यसअघिको खेलमा तीन विकेटले पराजित गरेको नेपालका लागि कुल ५० ओभरको खेलमा नेपालले स्कटल्याण्डलाई ४६.१ ओभरमै अलआउट गराएको नेपालका लागि आजको खेल जित्न अब २१३ रनको लक्ष्य पार गर्नु पर्ने छ। चौथो जितको प्रतिक्षामा रहेको नेपालले नामिबियाविरुद्ध दुई खेल नै जितेको थियो। नेपाल २७ खेलमा ११ मा जित र १४ मा हारसहित २४ अङ्कका साथ छैटौँ स्थानमा छ। त्यस्तै स्कटल्याण्ड ३५ खेलमा २४ मा जित र नौ मा हारका साथ ५० अङ्कका साथ शीर्षस्थानमा छ। नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, ललितनारायण राजवंशी र सन्दीप लामिछाने छन्।
प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update