अध्यक्ष दाहालविरुद्धको मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धकोे रिट निवेदनमा सर्वोच्च अदालतले अग्राधिकार दिँदै कारण देखाउ आदेश जारी गरेको छ।
ज्ञानेन्द्रराज आरण र चिरन्जिवी गिरिसहितका व्यक्तिहरुले द्वन्द्धकालिन समयमा गरेको हत्याको आरोपमा दर्ता गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजालासले शुक्रबार कारण देखाउ आदेश जारी गर्दै उक्त विषयमा परेको मुद्दालाई अग्राधिकार दिने आदेश जारी गरको हो।


प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय