हिमाल दैनिक
आइसीसी लिग–२: नेपालले यूएईलाई १७७ रनले हराउँदै ओडिआई मान्यता जाेगायाे
FrArXofWcAAlWLF
आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई १७७ रनले पराजित गर्दै एकदिवसीय क्रिकेट खेलमा आफ्नो स्थान सुरक्षित गरेको छ। आइतबार त्रिभुनव विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिलो व्याटिङ गरेको नेपालले यूएईलाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको थियो। त्यसपछि दोस्रो इनिङमा लक्ष्य पछ्याउन मैदानमा उत्रिएको यूएईका खेलाडीलाई ललित राजवंशीको ५ विकेट लिँदै जित सुनिश्चित गराए। सुरुदेखि फितलो व्याटिङ लाइनअपलाई नेपाली खेलाडीले २२.५ ओभरमा जम्मा ७१ रनमा सिमित गरेपछि नेपाल लिग खेलमा चौथो स्थानमा उक्लिएको छ। नेपालले निर्धारित ५० ओभरको खेलमा ४९ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनायो । नेपालले २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको अवस्थामा कप्तान रोहितकुमार पौडेलले पारी सम्हाले । उनले ११२ बल खेल्ने क्रममा नौ चौकासहित ७७ रन बनाए। यस्तै, आरिफ शेखले ५२ बल खेल्दै ४३, गुल्सन झाले ३१ बलमा ३७, दीपेन्द्रसिंह ऐरीले १९ बलमा ३४ रन र भीम सार्कीले ३७ बल खैल्दै २९ रन बनाए । बलिङतर्फ यूएईका लागि आयान अफजल खान, जहुर खान, रोहन मुस्तफा र जवार फरिदले दुई÷दुई तथा आर्यन लाक्रा र जुनैद सिद्धिकीले एक/एक विकेट लिए । यूएई केहीबेरमा जवाफी ब्याटिङ गर्ने तयारीमा छ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update