हिमाल दैनिक
यूएईविरुद्ध रोमाञ्चक जित निकाल्दै नेपालले जोगायो ओडिआई मान्यता
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा युनाइटेड अरव इमिरेट्स(युएई) माथि १ सय ७७ रनको कीर्तिमानी जित हासिल गरेको छ। जितसंगै नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायमै रहेको छ। लिगमा नेपालले शीर्ष पाँचमा रहँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता गर्न सफल भएको हो। आइतबार त्रिभुवन विश्वविद्यालय (टियु) मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले युएईलाई १ सय ७७ रनले पराजित गरेको हो। नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो। युएईका लागि आयान खानले २९ रन र असओन्था भाल्थापाले १४ रन बनाए। कार्तिक मैयप्पनले ११ तथा युएईका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि ललित नारायण राजवंशीले ५ तथा सन्दीप लामिछानेले २ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदै २ सय ४८ रन बनाएको हो। नेपालका लागि कप्तान रोहित पौडेलले १ सय १२ बलमा ७७ रनको अर्धशतकीय ईनिङ खेले। दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन बनाए । आरिफ शेखले ५२ बलमा ४३ रन बनाउँदा गुलसन झाले ३२ बलमा ३७ रन बनाए। झाले ३ छक्का र १ चौका प्रहार गरेका थिए । सात देश सम्मिलित विश्वकप लिग टूमा नेपालले ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहारेको छ। नेपाल ३६ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा रहेको छ। युएई भने ३४ खेलमा १४ खेलमा जित तथा १७ खेलमा हार व्यहोरेको छ । ३१ अंक जोडेर युएई छैटौं स्थानमा रहेको छ।
प्रकाशित मिति: आइतबार, फागुन २८, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update