हिमाल दैनिक
तनहुँ–१ उपनिर्वाचनः रास्वपाका वाग्ले कांग्रेसका भट्टराईभन्दा ५ हजार मतले अगाडि

आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्वर्णिम वाग्लेले फराकिलो मतान्तरले अग्रता लिइरहेका छन्।

आइतबार मध्यरातदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणाम अनुसार, हालसम्म गणना भएको २५ हजार ३ सय ६८ मतमध्ये वाग्लेले १२ हाजर ७ सय ५ मत प्राप्त गर्दै अग्रता लिइरहेका छन् भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ७ हजार ६ सय ४७ मत ल्याएर पछ्याइरहेका छन्।

नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ४,२१९ मतका सात तेस्रो स्थानमा छन्। रास्वपाका उम्मेदवारले अहिलेसम्म दोस्रो स्थानका उम्मेदवार भट्टराईलाई ५ हजार ५८ मतले पछि पारेका छन्।

४२ वडा रहेको उक्त क्षेत्रमा अहिलेसम्म १७ वडाको मत गणना सम्पन्न भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। अहिलेसम्म आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, आँबुखैरेनी–५, आँबुखैरेनी–६, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४, भानु–५ र भानु–११को  मतगणना सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिएका छन्।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, नेपाली कांग्रेसका भट्टराईले दुई सय ६५ र नेकपा (एमाले)का खनालले ५४ मत प्राप्त गरेका छन्।

आँबुखैरेनी–२ मा एक हजार तीन सय ९२ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ८१, नेपाली कांग्रेसका भट्टराईले तीन सय ३६ र नेकपा (एमाले)का खनालले एक सय आठ मत प्राप्त गरे।

आँबुखैरेनी–३ मा दुई हजार एक सय ७३ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार पाँच सय १८, नेपाली कांग्रेसका भट्टराईले चार सय एक र नेकपा एमालेका खनालले एक सय ९१ मत प्राप्त गरे।

आँबुखैरेनी–४ मा छ सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ३२, नेपाली कांग्रेसका भट्टराईले दुई सय ३७ र नेकपा एमालेका खनालले ८५ मत प्राप्त गरे।

आँबुखैरेनी–५ मा पाँच सय ७० मत खसेकामा रास्वपाका वाग्लेले तीन सय ७१, नेपाली कांग्रेसका भट्टराईले एक सय ४९ र नेकपा एमालेका खनालले २८ मत प्राप्त गरे।

आँबुखैरेनी–६ मा सात सय चार मत खसेकामा रास्वपाका वाग्लेले दुई सय ८१, नेपाली कांग्रेसका भट्टराईले दुई सय ५९ र नेकपा एमालेका खनालले एक सय ३० मत प्राप्त गरे।

भानु–३ मा एक हजार पाँच सय ७४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय १६, नेपाली कांग्रेसका भट्टराईले चार सय १८ र नेकपा एमालेका खनालले तीन सय ५१ मत प्राप्त गरे भने, भानु–४ मा एक हजार छ सय ७५ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ५९, नेपाली कांग्रेसका भट्टराईले चार सय ८२ र नेकपा एमालेका खनालले तीन सय ९४ मत प्राप्त गरे।

भानु–५ मा एक हजार पाँच सय ८४ मत खसेकामा रास्वपाका वाग्लेले सात सय ७६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ३१ र नेकपा एमालेका खनालले दुई सय ३७ मत प्राप्त गरे।

भानु–७ मा एक हजार दुई सय ८१ मत खसेकामा रास्वपाका वाग्लेले छ सय ५५, नेपाली कांग्रेसका भट्टराईले तीन सय १२ र नेकपा एमालेका खनालले दुई सय ७० मत तथा भानु–८ मा एक हजार सात सय ९४ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ५६, नेपाली कांग्रेसका भट्टराईले चार सय ५८ र नेकपा एमालेका खनालले चार सय ३७ मत प्राप्त गरेका छन्।

भानु–१० मा एक हजार सात सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले आठ सय ४६, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ५१ र नेकपा एमालेका खनालले तीन सय २९ मत प्राप्त गरे। भानु–११ मा दुई हजार १४ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार दुई सय दुई, नेपाली कांग्रेसका भट्टराईले पाँच सय ९३ र नेकपा एमालेका खनालले एक सय ८३ मत प्राप्त गरे।

अहिले तनहुँको देवघाट गाउँपालिकाका १ देखि ४ वडासम्मको मतगणना कार्य करिब करिब सकिएको छ। जहाँ झिनो मतान्तरले त्यी वडामा वाग्लेलाई भट्टराईले पछि पारेपनि कुल मतपरिणाममा वाग्लेको अग्रता कायमै छ।

 तनहुँ क्षेत्र नं १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो। जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना कार्य जारी छ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update