हिमाल दैनिक
चितवन–२ र बारा–२ मा पनि मतगणना सुरु, बारामा उपेन्द्र यादवको अग्रता

प्रतिनिधि सभा सदस्यका लागि आइतबार सम्पन्न उपनिर्वाचन अन्तर्गत चितवन–२ र बारा–२ को मतगणना सुरु भएको छ।

आइतबार रातीसम्ममा यी दुबै क्षेत्रका सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरिएपनि विभिन्न कारणबस ढिलाई भएको मतगणना सोमबार अपरान्हबाट सुरु भएको छ।

बारा–२ को मतगणनाको प्रारम्भिक परिणाम अनुसार, अहिलेसम्म ४ सय मत गणना गर्दा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सुरुवाती अग्रता लिएका छन्।

जसमा यादवले २२४ मतका साथ अग्रता लिँदैगर्दा जनमत पार्टीका शिवचन्द्र कुशवाहले १७०, नेकपा एमालेका पुरुषोत्तम पौडेलले १६६ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ८० मत प्राप्त गरेका छन्।

चितवन २ को मतपरिणाम आउन बाँकी नै छ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update