 
                                                                    नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट खेलको फाइनलमा युएईलाई पराजित गर्दै एसिया कपमा प्रवेश गरेकोमा नेपाली क्रिकेट टिमलाई बधाई तथा शुभकामना दिएका छन्।
मंगलबार सम्पन्न नेपाल र युएईबीचको खेलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै विजेता बेनेपछि सभापति देउवाले ट्वीटरमार्फत नेपाली खेलाडी, प्रशिक्षक लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिएका हुन्।
उनले ट्वीटरमार्फत भनेका छन्, ‘फाइनलमा युएईलाई पराजीत गर्दै एसीसी प्रिमियर कपको विजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई। यस जीतसँगै एसिया कप प्रवेश गर्न सफल भएकोमा सबै खेलाडी, प्रशिक्षकलगायत सम्पूर्ण टिमलाई शुभकामना।’
उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ। आज सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युनाइेटड अरब इमिरेट (युएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो।



 
                                         
                                         
                    