हिमाल दैनिक
नक्कली शरणार्थी प्रकरणमा अझै १ दर्जन व्यक्ति पक्राउ पर्न बाँकी!

नेपाल प्रहरीले नक्कली शरणार्थी प्रकरणमा थप १०–११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भीक अवस्था देखिएको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले नक्कली शरणार्थी प्रकरणमा हालसम्म ८ जना व्यक्ति पक्राउ परिसकेको भन्दै थप १०–११ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भीक अवस्था रहेको जानकारी दिए।

सुरुमा ठगीबाट सुरु भएको उक्त मुद्धा संगठीत अपराधमा परिणत गरेर ४० दिन यता अनुसन्धान भइरहेको कार्कीले बताए।

कार्कीले सय भन्दा बढि व्यक्तिबाट २० वटा जाहेरी परेको र अनुसन्धान अघि बढिरहेको जानकारी दिए।
उनले पक्राउ परेका व्यक्तिहरुबारेमा जानकारी दिने गरेको भन्दै बिभिन्न सञ्चारमाध्यममा अन्य पक्राउ परेको भनि आएको समाचारमा सत्यता नरहेको पनि बताए।

नक्कली शरणार्थी प्रकरणमा प्रहरीले सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राइ, एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी लगाएतलाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update