हिमाल दैनिक
ठिक २ घण्टा ढिलोगरी सुरु भयो संसदको बैठक

प्रतिनिधि सभाको बैठक पूर्वनिर्धारित समय भन्दा ठिक २ घण्टा ढिलो सुरु भएको छ।

बिहिबारको प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि डाकिएको भएपनि सभामुख देवराज घिमिरेले अपरान्ह १ बजेमात्रै सदनको कारबाही सुरु गरे।

आजको बैठकमा सांसदहरुले लिखित रुपमा सोधेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिने कार्यसूचि रहेको थियो।

आजको बैठक सुरु गर्नासाथ नागरिक उन्मुक्ति पार्टीका सांसदहरु उभिएर बोल्नका लागि समय मागेका थिए।
तर, सभामुख घिमिरेले आजको कार्यसूचिमा विशेष कार्यक्रम राखिएको भन्दै बस्न आग्रह गरेपछि विरोधमा उभिएका सदस्यहरु बसे।

त्यसपछि सभामुखले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई नियमावलीको नियम ९ को व्यवस्था आजका लागि निलम्बन गर्न प्रस्ताव राख्न समय दिए।

उक्त नियम अनुसार, प्रधानमन्त्री समक्ष बढिमा १५ जना सांसदले मात्र प्रश्न गर्न पाउने भनि उल्लेखित प्रस्ताव आजको बैठकमा पालना गर्न सम्भव नभएको भन्दै आजका लागि मात्रै उक्त नियम निलम्बनको प्रस्ताव राखे। जसलाई नेकपा एमालेका सचेतक महेश बर्तौला, रास्वपाका सन्तोष परियारले समर्थन जनाए।

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update