हिमाल दैनिक
नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसद भवन पुगे

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतीका लागि राष्ट्रपति रामचन्द्र पौडेल संसद भवन नयाँवानेश्वरमा पुगेका छन्।

पूर्वनिर्धारित कार्यतालिका अनुसार, शुक्रबारको संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम वाचनका लागि अपरान्ह ४ बजे राष्ट्रपति पौडेल संसद भवन पुगेका हुन्।

देशको चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपतिका रुपमा गत फागुनमा निर्वाचित भएका राष्ट्रपति पौडेल राष्ट्रप्रमुखको हैसियतले पहिलो पटक सरकारको नीति तथा कार्यक्रम वाचन गर्दैछन्।

उनको स्वास्थयस्थितिका कारण यसपटकको नीति तथा कार्यक्रम संसदका राष्ट्रपति पौडेलले नै गर्ने कि यसको विकल्पमा उपराष्ट्रपति अथवा प्रधानमन्त्री आफैँले गर्ने भन्ने अन्यौलतालाई चिर्दै आज राष्ट्रपति पौडेल संसद भवनमा पुगेपछि उनलाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख तथा उपाध्यक्षसँगै कानून मन्त्री धनराज गुरुङले स्वागत गरे।

विगतका समयमा नीति तथा कार्यक्रम पेश गर्दा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारी माइतघरदेखि नै घोडचढी सैनिकको लावालस्करसहित बग्गीमा जाँदा चर्को आलोचना हुँदै आएको थियो।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update