हिमाल दैनिक
कांग्रेस प्रचार विभागको प्रमुखमा विश्वकर्मा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका छन्।

सभापति देउवाले शुक्रबार विश्वकर्मालाई पार्टी विधानको प्रावधान अनुसार, पार्टीको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनीत गरेको जानकारी पार्र्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलदले विज्ञप्तिमार्फत दिएका छन्।

पार्टीको १४औं महाधिवेशनबाट सभापतिमा निर्वाचन भएका देउवाले विधानको व्यवस्था अनुसार, अधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभिन्न विभागका प्रमुखहरुको नियुक्ति गरिसक्नु पर्ने व्यवस्था उल्लेख भएपनि उक्त समयसिमाभित्र कुनै पनि विभाग बन्नसकिरहेका थिएनन्।

पार्टी सभापतिले पार्टी प्रवक्तामा प्रकाशशरण महत, अनुशासन विभागको प्रमुखमा आनन्दप्रसाद ढंगाना र नीति अनुसन्धान तथा प्रशिक्षण विभागको जिम्मेवारीमा उपसभापति पूर्णबहादुर खड्काको मनोनयन गराएपनि बाँकी विभागहरुको प्रमुख चयन हुन नसक्दा पार्टीभित्रैबाट सभापतिको कार्यशैलीको आलोचना हुँदै आएको थियो।

Jestha 12, Appointed Min Bishwakarma - Publicity department1685095005.jpg

 

Friday, May 26