हिमाल दैनिक
१५औं महाधिवेशनको तयारीमा जुट्न कांग्रेसको अपदस्त समूहले पनि खोल्यो बेग्लै सम्पर्क कार्यालय

नेपाली कांग्रेसको अपदस्त केन्द्रीय कार्यसमितिका नेता तथा सदस्यहरुको समूहले १५औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेको छ। 

गत पुसको अन्तिम साता काठमाडौंमा आयोजित भेलाको घोषणाबाट अपदस्त गरिएका १४औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवा लगायत उनको पक्षमा उभिँदै आएका नेताहरुले सोमबार काठमाडौँको चुनदेवीमा १५औँ महाधिवेशन तयारीका लागि बेग्ले सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेका हुन्।

कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको बैठक बसेको र समसामयिक राजनीतिक विषय र महाधिवेशनका एजेन्डाहरूमाथि छलफल भएको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

Purna and other leaders1783347286.JPG

बैठकमा पार्टीका अपदस्त कार्यवाहक सभापति पूर्णबहादुर खड्काले ’विशेष महाधिवेशन’ र ’नियमित महाधिवेशन’का विषयमा विगतदेखि देखिएको विवाद र हालसम्मका गतिविधिहरूबारे पार्टीभित्र चलिरहेको आन्तरिक विवाद र समाधानका विषयमा जानकारी दिएका थिए।

पार्टीलाई विभाजन हुनबाट जोगाउन शीर्ष नेताहरू, पूर्व पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूले लगातार ५ महिनादेखि प्रयत्न गरे पनि विशेष महाधिवेशनको नाममा आयोजित भृकुटीमण्डपको भेलाबाट घोषित कार्यसमितिका सभापति गगनकुमार थापा नेतृत्वको समूहका कारण ठोस परिणाम आउन नसकेको विस्थापित समूहको निष्कर्ष छ। 

नेता विश्वकर्माले पार्टीको नेतृत्वमा रहेकाहरुबाट पार्टी एकताका लागि कुनै पनि सार्थक पहल हुन नसकेको र उनीहरूका कतिपय अभिव्यक्तिले एकतामा थप खलल पु¥याएको आरोप लगाए।

गत भदौ २३ गतेको नवयुवाहरुको शान्तिपूर्ण प्रदर्शनमा हिंसा भड्कीएपछि २४ गते देशव्यापी रुपमा मच्चिएको हिंसात्मक विद्रोह र विध्वंशको आडमा ततकालिन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनको अभियानमार्फत पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डमा भेलाको आयोजना गर्दै पुरानो नेतृत्वलाई कोपभाजन गरेका थिए। जसलाई निर्वाचन आयोगदेखि सर्वोच्च अदालतले समेत आश्चर्यजनक ढंगले वैधानिकता दिएको थियो।

गत फागुन २१ गतेको पूर्वनिर्धारित प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै सुसुप्त अवस्थामा छिटपुट छलफल गर्दै आएको उक्त समूहले विशेष महाधिवेशनबाट स्थापित पक्षले पार्टीभित्र सम्मानपूर्ण स्थान दिने स्थितिको आशा धुमिल हुँदैगएपछि पछिल्लो समय पुनः एकिकृत हुँदै बेग्लै सम्पर्क कार्यलयमार्फत आफ्ना गतिविधिलाई अघि बढाउन अग्रसर भएको हो। 

विश्वकर्माले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको बैठक मंगलबार बस्ने र १५औँ महाधिवेशनको कार्यतालिका बनाउने जानकारी दिए।

त्यस्तै आगामी साउन ६ गते बीपी स्मृति दिवस मनाउनका लागि समेत मंगलबारको बैठकले आवश्यक निर्णय गर्ने उनले बताए।

१५औँ महाधिवेशनलाई ’एकताको महाधिवेशन’ का रूपमा सफल बनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरिएको विश्वकर्माले दावी छ। 

suspended congress leaders1783347325.JPG

 

प्रकाशित मिति: सोमबार, असार २२, २०८३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update