हिमाल दैनिक
सरकारको वार्षिक बजेट संघीय संसदमा पेश हुँदै

सरकारको आगामी आर्थिक वर्ष ०८०÷८१ को वार्षिक बजेट आज बस्ने संघीय संसदको संयुक्त बैठकमा पेश हुँदैछ।

नेपालको संविधान बमोजिम प्रत्येक आर्थिक वर्षको वार्षिक बजेट जेठ १५ गते अनिवार्य प्रस्तुत गर्नु पर्ने व्यवस्था अनुसार सरकारका अर्थमन्त्री प्रकाशशरण महतले सोमबार अपरान्ह सवा ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन्।

विगत तीन वर्षदेखि कहिले कोरोना महामारी त कहिले डेंगु त कहिले रसिया र युक्रेन युद्धका कारण विश्वव्यापी रुपमा छाएका आर्थिक मन्दीका कारण सरकारले विगतको तुलनामा यसपटक बजेटको अनुमानित अंक केही कसिलो र वास्तविकताको निकट रहेर ल्याउने अपेक्षा गरिएको छ।

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update