हिमाल दैनिक
अर्थमन्त्री महतद्वारा वार्षिक बजेट भाषण सुरु

सरकारका अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्न थालेका छन्।

सोमबार अपरान्ह सवा ४ बजेका लागि डाकिएको बैठकमा संयुक्त बैठकको अध्यक्षता गरिरहेका सभामुख देवराज घिमिरेले बैठकको कारबाही सुरु गर्दै अर्थमन्त्री महतलाई बजेट भाषणका लागि समय दिए।

अहिले उनी सरकारको वार्षिक बजेट पेश गर्न रोष्ट्रममा पुगेका छन्।

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update