हिमाल दैनिक
प्रोत्साहन र अतिरिक्त भत्ता खारेज

कर्मचारीलाई दिइँदै आएको प्रोत्साहन र अतिरिक्त भत्ता  खारेज हुने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै भत्ता कटौती गर्ने जानकारी दिनुभएको हो ।

       उहाँले सार्वजनिक खर्च पुनरवालोकन आयोग, २०७५ ले दिएका सुझावबमोजिम २० वटा संस्थाहरुलाई खारेज गर्ने घोषणा पनि गर्नुभयो । साथै समान प्रकृतिका संस्था एकापसमा गाभिने र प्रदेशमा समायोजन गरिने पनि उहाँले बताउनुभयो ।

    अर्थमन्त्री महतले सार्वजनिक खरिदलाई सरलीकृत गर्ने, विद्युतीय बोलपत्रलाई प्राथमिकता दिइने र एकीकृत अनुगमन प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update