हिमाल दैनिक
अर्थमन्त्री महतद्वारा साढे १७ खर्बको बजेट प्रस्ताव

आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री प्रकाशशरण महतले वार्षिक बजेट भाषण दिँदै उनले चालु आर्थिक वर्षको तुलनामा सामान्य रुपले कमी रहेको बजेट प्रस्ताव गरेका हुन्।

यसरी प्रस्तावित बजेटमा चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात कूल बजेटको ६५.२० प्रतिशत तथा ३ खर्ब २

अर्ब ७ करोड अर्थात कुल विनियोजनको १७.२५ प्रतिशत पूँजीगत तर्फ र र वित्तिय व्यवस्थाका लागि ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात कुल विनियोजनको १७.५५ प्रतिशत प्रस्ताव गरेका छन्।

यसअघि उनले विगतमा लामो समयसम्म प्रयोगमा आएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगतको सांसद विकास कार्यक्रमका लागि ५ करोड रुपैयाँका दरले विनियोजन गरेका छन्।

बजेट कार्यान्वयनको माध्यमबाट सरकारले आगामी आर्थिकवर्षमा ६ प्रतिशत आर्थिक बृद्धिदर हाँसिल हुने दाबी पनि अर्थमन्त्रीले गरेका छन्।

 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update