हिमाल दैनिक
भारत भ्रमणदेखि नागरिकता विधेयकको विषयमा विपक्षी दलले खोजे सरकारको जवाफ

नेकपा एमाले सरकारसँग हालै भएको भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले गरेको सहमति लगायत देशका समसायिक विषयमा जवाफ मागेका छ।

सोमबारको प्रतिनिधि सभा सभामुखले सुरु गर्नासाथ विपक्षी दलका सांसदहरु उठेर विरोध जनाए।

त्यसपछि सभामुख देवराज घिमिरेले एमाले नेता योगेशकुमार भट्टराईलाई बोल्न समय दिएपछि उनले आइतबारको संसद बैठकमा आफ्नो दलका प्रमुख सचेतकले आफ्नो धारणा राखेको बताए।

उनले बुँदागत रुपमा धारणा राख्दै, पहिलो कुरा नेपालको नागरिकताको समस्या अहिलेदेखिको नभई वर्षौँदेखि लम्बिँदै आएको भन्दै यसलाई कुनै दल वा व्यक्तिविशेषको नभई सिंगो मुलुकको समस्या भएको भन्दै विगतदेखि नै यो समस्या समाधानका उपायबारे खोज्ने प्रयास भएको बताए।

उनले संविधानमा रहेको वंशज र लैंगिक पहिचानसहितको नागरिकताको प्रावधान आफ्नो दल नभएको भए संविधानमा राख्न सम्भव नभएको दाबी गरे।

गैरआवासिय नेपालीको नागरिकताको विषयमा कुनै विवाद नभएको भन्दै यसमा समस्या नभएको बताए।

बैबाहिक अंगिकृत नागरिकताको सवालमा विगतको संसद र समितिमा ३५ वटा बैठक बस्दै गर्दा सात वर्षको कुलिङ पिरियड राख्ने प्रस्तावको विरोध गर्नेहरुले १५ वर्षको अडान लिनेहरुले अहिले लुसुक्क विधेयक अघि बढाएको आरोप लगाए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूसँग नभएको अधिकार प्रयोग गरेर राष्ट्रपतिलाई गैरसंवैधानिक अधिकारको प्रयोग गर्न उक्साएको भन्दै त्यसउपर प्रधानमन्त्रीविरुद्ध पनि अभियोग लगाउन सकिने दाबी गरे।

राष्ट्रपति संसदभन्दा माथि नहुने भन्दै संसदको अंगको रुपमा रहेको राष्ट्रपतिले सभामुखले प्रमाणित गरेर पठाएको विधेयक मात्रै प्रमाणिकरण गर्न मिल्ने भन्दै राष्ट्रपतिको कार्यालयले संसद सचिवालयमा पठाएको पत्रमा कुन सभामुखको नाम छ भनि प्रश्न गरे।

यदी पूर्व सभामुखको नाम छ भने त्यो सभामुखलाई अहिलेको सदनले नचिन्न भन्दै उक्त विधेयक मृत भइसकेको भन्दै नागरिकता विधेयक लागू हुन नसक्ने बताए।

उनले मृत भइसकेको नागरिकता विधेयक प्रधानमन्त्री दाहालले व्युँताउन सक्ने हो भने द्वन्द्धकालमा मारिएका १७ हजार नागरिकलाई पनि व्युँताइदिनु न त भनि व्यंग्य गरे।

साथै उनले प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणको विषयमा संसदले प्रश्न सोध्न चाहेर पनि नसोधी शुभकामना दिएर पठाएको भन्दै भारत भ्रमणका क्रममा विमष्टेक र सार्क सम्मेलनको विषयमा छलफल गरी सम्मेलनको वातावरण बनाउनु होला भन्ने सोचेको त्यो हुन सकेन।

सीमाको विषय, पञ्चेश्वरको विषयमा कुरा उठाउँदा परिस्थिति बिग्रन्छ भन्ने हो भने के कुरा उठाउँदा परिस्थिति सुध्रिन्छ भनि उनले प्रश्न गरे।

उनले प्रधानमन्त्री दाहालसँग पनि मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र केपी ओलीको जस्तै सहास होला भनेको त्यो नदेखिएको भन्दै प्रधानमन्त्रीको भारत भ्रमण अफिसियल भिजिट हो कि स्टेट भिजिट भनि प्रश्न गरे।
नेपालको लागि अन्तर्राष्ट्रिय उडानका लागि रुटदेखि पञ्चेश्वर परियोजना, कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा कुरा नगरी के आधारमा नेपाली भूमि भारतलाई दिने कुरा गर्नु भयो भनि प्रश्न गरे।

बंगलादेशसँगको पारवहन सुविधा आइ के गुजरालकै पालामा भएको सहमतिमा रहेको भन्दै राष्ट्रियताको सवालमा लम्पसारवाद स्वीकार्य नभएको बताए।

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update