हिमाल दैनिक
मिटरव्याजीलाई कारबाहीको लागि बनेको विधेयकमाथि प्रतिनिधि सभामा छलफल सुरु

प्रतिनिधिसभाको आजको बैठकमा सो सभाका सचिव पदमप्रसाद पाण्डेले राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल भएको छ।

मिटरव्याज पीडित तथा सहकारीहरुबाट पीडितहरुले आफूमाथि भएको लुटको विरुद्धमा सडक आन्दोलनमा उत्रने क्रम बढेपछि वैशाखमा सरकारले जारी गरेको अध्यादेशलाई राष्ट्रिय सभाले छलफल गरी संशोधनसहित प्रतिनिधि सभामा पठाएपछि आजको बैठकमा उक्त विधेयक पेश भएको हो।

सभामुख देवराज घिमिरेले उक्त विधेयक पेश भएलगत्तै प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित गर्दै दोस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरेका छन्।

अहिले सांसदहरुले उक्त विधेयकमाथि सैद्धान्तिक छलफलमा सहभागी भएर आफ्ना धारणा राख्ने क्रम जारी छ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update