हिमाल दैनिक
आइतबार पनि बसेन प्रतिनिधि सभाको बैठक, प्रम दाहालको सम्बोधन सोमबार

प्रतिनिधि सभाको आइतबार अपरान्ह ३ बजेका लागि तोकिएको बैठक पुनः स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले सूचना प्रकाशित गर्नै आजका लागि तय गरिएको बैठक असार २५ गते सोमबार अपरान्ह ३ बजेका लागि तय गरेका हुन्।

गत बुधबारदेखि एमालेसहितका विपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहालको विवादस्पद अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदको बारबाही अवरुद्ध पार्दै आएका थिए।

पछिल्लो समय देशको राजनीतिमा देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री दाहालले आइतबार बिहान प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच गरेको छलफल र वार्ता पश्चात आजै अपरान्ह १ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक सभामुख घिमिरेले अपरान्ह ३ बजेका लागि सारेका थिए।

तर, बैठक बस्नु आधा घण्टाअघि मात्रै संसद सचिवालयका महासचिव भरतराज गौतमले अर्को सूचना प्रकाशित गर्दै आजका लागि डाकिएको बैठक सोमबार अपरान्ह ३ बजेका लागि तय गरिएको जानकारी दिएका छन्।

यसअघि प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफल पश्चात आजै प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले समसामयिक विषयमा सम्बोधन गर्ने र त्यसपछि सदनको कारबाही अघि बढ्ने जानकारी दिइएको थियो।

359685196_817282906327151_547127095436032515_n1688893339.jpg

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update