हिमाल दैनिक
सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्मा विरुद्ध उजुरी दिन सुनुवाई समितिको आब्हान

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्मा विरुद्ध यदी कसैको गुनासो वा उजुरी भए समितिसमक्ष पेश गर्न सार्वजनिक आह्वान गरेको छ।

सिंहदरबारमा शुक्रबार बसेको समितिकोे बैठकले न्याय परिषद्द्वारा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका शर्माउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो।

समितिका सभापति पशुपतिशम्शेर जवराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए।

सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए।

यसअघि भाद्र १० गते बसेको न्याय परिषद्को बैठकले शर्मालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

न्यायाधीश शर्मालाई यसअघि पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको थियो। तर, संसदीय सुनुवाइ नहुँदा सुनुवाई प्रक्रिया रोकिएसँगै उनको नियुक्ति प्रक्रियामा पनि बिलम्ब भएको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update