हिमाल दैनिक
रिपोटर्स क्लब पुगेका कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार
file photo

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार खुकुरी प्रहार हुँदा उनी गम्भीर घाइते भएका छन्।

बुधबार भृकुटीमण्डपस्थित रिपोटर्स क्लबको साक्षात्कार कार्यक्रममा सहभागी भएर क्लबबाट बाहिरिने क्रममा एक व्यक्तिले यादवलाई पछाडिबाट टाउकोमा खुकुरी प्रहार गर्दा उनी घाइते भएका हुन्।

खुकुरी प्रहारबाट घाइते भएका सहमहामन्त्री यादवलाई तत्काल उपचारका लागि बीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ।

यादवमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले नुवाकोट घर बताउने श्याम सापकोटा नाम गरेका व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

घटनको विस्तृत विवरण आउन बाँकी छ। 

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update