हिमाल दैनिक
राष्ट्रपति पौडेलद्वारा नेम्वाङको निधनप्रति दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन्।

गएराती हृदयघातका कारण उपचारका क्रममा एमाले उपाध्यक्ष समेत रहेका नेता नेम्वाङको निधनको सूचना सार्वजनिक भएलगत्तै राष्ट्रपति पौडेलले सामाजिक सञ्जालमार्फत उनको निधनप्रति दुःख व्यक्त गर्दै दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेका छन्। साथै उनले नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ।दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ,’ राष्ट्रपति पौडेलको नाममा राष्ट्रपति कार्यालयको नाममा रहेको ट्वीटरमा भनिएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update