हिमाल दैनिक
नेम्वाङको निधनप्रति शोक व्यक्त गर्दै तीन दिन पार्टी झण्डा आधा झुकाउने एमालेको निर्णय
file photo

नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक व्यक्त गर्त पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ।

पार्टी नेता नेम्वाङकोे गएराती हृदयघातका कारण निधन भएलगत्तै मंगलबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालयको आकस्मिक बैठकले विशेष शोक प्रस्ताव पारित गर्दै नेम्वाङप्रति सम्मान प्रकट गर्न पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गर्ने निर्णय पनि गरेको छ।

बैठकले असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गर्ने र नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि निर्णय गरेको छ। बैठकका क्रममा एमालेले नेम्वाङको कुर्सीमा फूल राखेको थियो।

Tuesday, Sep 12