हिमाल दैनिक
नेपालगञ्जमा जिल्ला प्रशासनद्वारा कर्फ्यु आदेश जारी

नेपालगञ्जमा स्थानीय जिल्ला प्रशासनले अनिश्चितकालको लागि कर्फ्यु आदेश जारी गरेको छ।

सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँके जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यान्हदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो।

सार्वजनिक सम्पत्ति तोडफोड, ढुङ्गामुढा प्रहारलगायतका गतिविधि भएको तथा सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एव शान्ति भङ्ग हुने स्थिती देखिएको भन्दै नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु) लगाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी दिए।

जिल्लाको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाकासम्म कर्फ्यु आदेश जारी गरिएको छ।

उल्लेखित चार किल्ला सीमाभित्र कसैले भेला हुन सभा समारोह गर्न, जुलुस तथा र्‍याली गर्न र हिँडडुल गर्न समेत नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ।

ओमकार परिवार र हिन्दु समाजलगायतका सङ्घ, संस्थाले आज नै नेपालगञ्जमा सदभाव र्‍याली निकालेका थिए। सो आदेशको उल्लङ्घन भए कानूनअनुसार कारवाही हुने स्थानीय प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार मात्र सूचना जारी गरी धार्मिक आस्थामा आँच पुर्‍याउने, धार्मिक विद्वेष फैलाउने जस्ता गतिविधि नगर्न र सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध जथाभावी नलेख्न आग्रह गरेको थियो।  यदि त्यसो गरेमा स्थानीय प्रशासन ऐन २०२८ तथा प्रचलित कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिएको थियो।

नेपालगञ्जमा आइतबार मुस्लिमहरुले प्रदर्शन गरेका थिए भने मंगलबार हिन्दु समुदायले शक्ति प्रदर्शन गरेको छ।

त्यसअघि मंगलबार नै जिल्लाका राजनीतिक दल, नागरिक समाजका अगुवा समेतले सामाजिक तथा धार्मिक सद्भावलाई थप बलियो बनाउन अपिल गर्दै सद्भाव र्याली निकालेको थियो।

तर, उक्त सदभाव र्यालीका सहभागीहरुमाथि केही मुस्लिम समुदायका उछ्रिंखल व्यक्तिहरुले आफ्ना घरका छतमा लुकाएर थुपारेको ढुंगा र इट्टा प्रहार गर्नथालेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो। त्यसपछि स्थानीय प्रशासनले नेपालगञ्ज बजारमा कफर््यु आदेश जारी गरेको हो।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update