हिमाल दैनिक
सरकारलाई नेता कोइरालाको प्रश्न: सच्चिने कि सत्ता छाड्ने?

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र छाड्नुपर्ने बताएका छन् ।

यो सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने भन्दै नेता कोइरालाले अब दुईवटा विकल्प मात्रै रहेको बताए ।

ूअब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुदै जान्छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो,ू कोइरालाले भने ।

कोइरालाले सरकारको हेपाहा र बलमिच्याईले चर्को महंगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको समेत बताए ।

कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सभापति शेरबहादुर देउवाले बिधान सम्मत पार्टी सञ्चालन नगरेकाले कांग्रेस पार्टी अप्ठ्यारो अवस्थामा परेको बताए ।

सभापति देउवासँग व्यक्तिगत रुपमा आफ्नो कुनै रिस नभएको तर पार्टी विधि र बिधान अनुसार चल्नुपर्छ भन्ने कुरामा आफुले कसैसँग सम्झौता नगर्ने धारणा राखे ।

ूपार्टी भित्र दुर(दरारका ईमान्दार, निष्ठावान र सक्रिय साथीहरूको मुल्यांकन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ,ू कोइरालाले भने ।

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update