हिमाल दैनिक
कप्तान पौडेलको अर्धशतमा नेपालसँग युएइ ७ विकेटले पराजित

त्रिकोणात्मक टि–२० अन्तर्राष्टिय सिरिजअन्तर्गत् बुधबार भएको उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेटस (युएई)लाई ७ विकेटले पराजित गरेको छ।

 माथिल्लो मूलपानीस्थित क्रिकेट मैदानमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालसामू पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४० रनको योगफल बनाएको थियो।

जवाफी व्याटिङका लागि मैदानमा उत्रिएको नेपालका लागि कप्तान रोहित पौडेलको अर्धसतकसँगै दिपेन्द्र सिंह ऐरीको ३४ रनको योगदानमा नेपालले १८ं५ बलमै अर्थात ७ बल अगावै १४४ रन बनाउँदै पहिलो जित निकाल्न सफल भयो।

नेपालका लागि कप्तान पौडेलले ४० बलमा ५ चौकाको सहायतामा ५१ रनको नटआउट योगदान दिए भने ऐरीले ३ चौका र १ छक्काको सहायतामा २३ बल खेल्दै ३४ रनको योगदान दिए।

यसअघि ओपनर व्याट्सम्यान कुशल भुर्तेलले १४, आशिफ शेखले २३ र कुशल मल्लले ११ रन बटुल्न सफल भएका थिए।

युएईका लागि बासिल हामिदले ५१ रनको योगदान दिए। उनले ३८ बलमा एक चौका र चार छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिएका हुन्।

त्यस्तै अली नासिरले ३२ रन बनाए। उनले ३० बलमा तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाए। कप्तान मोहम्मद वासिमले १७ रन बनाए भने आसिफ खानले १५ रन जोडे।  नेपालका लागि करण केसीले तीन विकेट लिए भने गुल्सन झाले दुई तथा सोमपाल कामी र अविनाश बोहराले समान एक एक विकेट लिए।

 

प्रकाशित मिति: बुधबार, कात्तिक १, २०८०  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update