हिमाल दैनिक
हङकङविरुद्ध नेपालको सानदार जित

त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङ विरुद्ध सानदार जित निकाल्न सफल भएको छ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा बिहिबार बिहान ११ बजेदेखि सुरु खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङ १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै बनाएको ९४ रनविरुद्ध ९५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपालले १३.५ ओभरमा चार विकेट गुमाएर ९९ रन बनाउँदै ६ विकेटको जित दर्ज गर्न नेपाल सफल भएको हो।

नेपालका लागि ओपनर व्याट्सम्यान आशिफ शेखले ३४ बलको सामना गर्दै सबैभन्दा बढी ४२ रनको योगदान दिए भने कप्तान रोहित पौडेलले २ छक्का र १ चौकाको सहायतामा २० बल खोल्दै २५ रनको अविजित योगदान दिए।

ओपनर व्याट्सम्यान कुशल भुर्तेल ८ रन बनाउँदै सस्तैमा आउट भएपछि मैदानमा उत्रिएका कुशल मल्ल पनि १ रन बनाएर पेभलियनको बाटो लिए। सन्दिप झोरा पनि ३ रन बनाउँदै सस्तैमा आउट भएपछि त्यसको केही समयपछि ४२ रन बनाएर शेख पनि आउट भए। त्यसपछि मैदानमा कप्तान पौडेललाई साथ दिन आएका गल्शन झाले २ छक्काको सहायतामा ५ बल खेल्दै १४ रनको योगदान दिए।
   
यसअघि    हङकङका लागि यासिम मुर्ताजा सर्वाधिक ३६ बनाए। त्यस्तै जिशन अलीले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। हङकङलाई ९४ रनमा समेट्ने क्रममा नेपालका करण केसीले चार विकेट लिए भने, अविनाश बोहरा र सोमपाल कामीले समान दुई÷दुई विकेट लिएका थिए।

कुशल मल्ल र  श्याम ढकाल (मौसम)ले समान एक÷एक विकेट लिएका थिए। बुधबार भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले पराजित गरेको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update