हिमाल दैनिक
बडादशैंको टिका, जमरा लगाउने क्रम तेस्रो दिन बिहिबार पनि जारी

बडादशै २०८० को टिकाको तेश्रो दिन बिहिबार पनि सनातन धर्मावलम्बी नेपालीहरुले मान्यजनबाट टीका जमरा थाप्न जाने क्रम जारी छ।

कार्तिक ७ गते विजयादशमीदेखि सुरु भएको टिका, जमरा र आर्शिवाद लिने क्रमले बुधबार जस्तै बिहिबार पनि निरन्तरता पाएको हो।

टाढा रहेका र टीकाको दिन जान नभ्याएकाहरु पूर्णिमासम्म टीका जमरा लगाई आशिर्वाद लिन मान्यजनकोमा जाने  गर्छन्। नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिनेक्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।

आफन्तकोमा दसैँको दिन टिका लगाउन छुटेकाले कोजाग्रत पूर्णिमा सम्मनै मान्यजनको हातबाट टिका लगाउन सक्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ९, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update